शुक्रबार, कार्तिक ७ गते २०८३

घर जग्गा र पुँजी बजारको कारोबारमा  सुधार आउन थाल्योः अर्थमन्त्री महत 


फाल्गुण १४, २०८० सोमबार
घर जग्गा र पुँजी बजारको कारोबारमा  सुधार आउन थाल्योः अर्थमन्त्री महत 


अर्थमन्त्री डा. प्रकाश शरण महतले घरजग्गा कारोवार र पुँजी बजार सुधार उन्मुख  रहेको बताएका छन् । लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण,निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको   पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको उनले बताए।

विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत  गर्दै उनले  विद्युत उत्पादन र पर्यटक आगमन संख्यामा वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको  बताए । बैंकिङ्ग क्षेत्रतर्फ पर्याप्त तरलता, व्याजदरएकल बिन्दु तर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशस् वृद्धि भएको उनको भनाई छ । बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त संचितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सिर्जना गरेको छ ।

राजस्व संकलन लक्ष्य अनुरुप नभएपनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामाआर्थिक वृद्धिदरबढ्ने अनुमान गरिएको डा. महतले जनाए  । त्यसैगरी मुलुकको अर्थतन्त्र लयमा फर्किन थाले पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइ नसकेको  उनले बताए ।