शनिबार, आश्विन १७ गते २०८३

दुग्ध उत्पादकहरूको ८ बुँदे माग, पुरा नगरिए चरणवद्ध आन्दोलन गर्ने


फाल्गुण ७, २०८० सोमबार
दुग्ध उत्पादकहरूको ८ बुँदे माग, पुरा नगरिए चरणवद्ध आन्दोलन गर्ने

केन्द्रीय  दुग्ध  सहकारी  संघ  लि. नेपालले दुग्ध उत्पादक कृषकहरुले दूध बिक्री वापत पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका ८ बुँदे माग अघि सारेको छ । यस अघि पटकपटक सरोकारवाला निकायसँग गरिएको वार्ता र छलफलबाट पूरा गर्ने भनिएको माग पुरा नगरिएको भन्दै निम्न लिखित मागहरु अघि सारेको छ । 

  • दुग्ध किसानहरुको सरकारी स्वामित्वमा रहेको डि.डि.सी. लगायतका अन्य डेरी उद्योगीहरुले विगत ५ महिना अघिदेखि रहेको ६ अरब भन्दा बढीको भुक्तानी बक्यौता यथासिघ्र भुक्तानी गरियोस् ।
  • हाल किसानले भोगिराखेका मिल्क होलिडे तुरुन्त रोकियोस् ।
  • अनियमित आयातित दुग्धजन्य पदार्थहरुलाई पूृर्ण बन्द गराई स्टक रहेका दुग्धजन्य पदार्थ नेपाल सरकारको कुटनितिक पहलद्धारा अन्तराष्ट्रिय बजार अविलम्ब विक्रि गर्ने ब्यवस्था गरीयोस् । 
  • दुग्ध किसानहरुलाई यस पेशामा जोगाइराख्न कृषिकर्जामा अनुदान कार्यक्रम विगतका वर्षहरुमा झै यथासिघ्र उपलब्ध गरियोस् ।
  • लागत मूल्य घटाउने कार्यक्रमहरु विगतमा दिइदै आएको दूध लिटर अनुदान कम्तीमा रु ५ सवै प्रदेशमा सबै किसानले पाउनेगरी लागु गर्ने र पशुआहारा, पशु औषधि लगायत पशुपालनसंग सम्बन्धित वस्तुका मूल्य राज्यले अविलम्ब नियन्त्रण गरियोस् ।
  • विमा कार्यक्रमलाई प्राथमिकतामा राखी विमाको रकम उपलब्ध गरी विगतका विमा रकम भुक्तानी सहज बनाइयोस् ।
  • निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको ब्यवस्था अविलम्ब गरियोस् ।
  • दूध तथा दुग्ध पदार्थ निर्यातको लागि खोरेत लगायत रोग मुक्त घोषण गरियोस् ।

उल्लेखित विषयहरु यथाशीघ्र कार्यान्वयन गरिनुपर्ने भन्दैे संघले नेपाल सरकार सम्बन्धित मन्त्रालय र निकायहरुको ध्यानाकर्षण गराउँदै कृषकका माग वेवास्ता गरे फागुन १४ गते देखि चरणवद्ध धर्ना, विरोध, चक्काजाम लगायतका आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।