आइतबार, कार्तिक ९ गते २०८३

आफू सम्बद्ध  वित्तीय संस्थाको वास्तविकताका वारेमा बुझ्न र अफवाहको फछि नलाग्न सिबिफिनको आग्रह  


फाल्गुण ७, २०८० सोमबार
आफू सम्बद्ध  वित्तीय संस्थाको वास्तविकताका वारेमा बुझ्न र अफवाहको फछि नलाग्न सिबिफिनको आग्रह  


विगत केही दिनदेखि केही व्यक्ति÷समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्नेे कार्यहरुप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ ।

नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरुका  अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन गनै उसले आग्रह गरेको छ । त्यसैगरी  अन्तराष्ट्रिय मापदण्डका आधारमा   राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारवाही  गर्न,३)  बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै  क्यापिटल यडिकुसी रेसियो, लिकुडिटी रेसियो, सिडिआर रेसियो र क्यास रिजर्भ रेसिया  लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून बमोजिम कारबाही हुन सिबिफिनले जनाएको छ ।

राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष” मार्फत सुरक्षण गरिएको ,उपर्युक्त तथ्यहरुलाई मध्यनजर गर्दै २०८० पौष मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप,  कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत  कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको जानकारी गराउदै  समग्र सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ । केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका वारेमा बुझ्नु उसले आग्रह गरेको छ ।