शुक्रबार, कार्तिक ७ गते २०८३

जेलमा नोभाल्नीको मृत्युले बिश्वब्यापी बिबाद जाग्यो


फाल्गुण ६, २०८० आइतबार
जेलमा नोभाल्नीको मृत्युले बिश्वब्यापी बिबाद जाग्यो

रुसमा राष्ट्रपति निर्वाचन हुनुभन्दा केही समय पहिला हाल जेल जीवन बिताइरहेका असन्तुष्ट रुसी बिपक्षका नेता एलेक्सी नोभाल्नीको अचानक मृत्युले बिश्वब्यापीरुपमा बिबाद खडा गरिदिएको छ । रुसी जेल अधिकारीहरुका अनुसार नोभाल्नी दिनको समयमा घुम्न निस्केका थिए । त्यतिबेला उनी एकाएक लडे र अचेत हुन पुगे । चिकित्सकहरुले उनलाई होशमा ल्याउन र बचाउन निकै प्रयत्न गरे तर सकेनन् । नोभाल्नीको मृत्युको खबर फैलिनुको केही घण्टा पछि नै उनकी पत्नी यूलियाले म्यूनिख(जर्मनी)मा चलिरहेको सुरक्षा सम्मेलनमा बिश्व नेताहरुको उपीस्थतिमा नै आरोप लगाइन् कि – ‘यो मृत्युका लागि रुसमा राष्ट्रपति भ्लादिमिर प्रत्यक्षरुपमा पुटीन जिम्मेवार छन् ।  यसका लागि उनले सजाय पाउनु पर्दछ’ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अझ  निकै कडा शब्द प्रयोग गर्दै भनेका छन् कि नोभाल्नीको मृत्युका लागि ‘पुटीन र उनका गुण्डाहरु जिम्मेवार छन’ । प्रष्ट छ कि बाइडेनले राष्ट्रपति पुटीनको बिरोध र दुष्प्रचार गर्ने एउटा नयाँ हतियार नोभाल्नीको मृत्युबाट पाएका छन् ।यसको उपयोग उनले युक्रेनलाई अर्बौ डलरको सैनिक सायहता दिनका लागि गरिरहेका छन् । यूक्रेनलाई आर्थिक सहयोग दिने मामिला यतिबेला अमेरिकी संसदमा अड्केको छ । युद्ध मोर्चामा यूक्रेनको बिफलता हुँदा हुँदै पनि पश्चिमा देशहरु रुसमाथि दबाब कायम राख्न चाहन्छन् भन्ने देखिदै आएको हो । यसका लागि आउदा दिनमा पनि रुसमाथि नयाँ प्रतिबन्ध लगाइन सक्ने पनि अनुमान पर्यबेक्षकहरुले गरिरहेका छन् । भनिन्छ त्यस प्रकारको प्रतिबन्ध लगाइएमा भारतका कतिपय कम्पनीहरु पनि तयसको चपेटामा पर्न सक्नेछन् ।पश्चिमा सञ्चार माध्यमहरुमा नोभाल्नीलाई नागरिक स्वतन्त्रता र अभिब्यक्तिको स्वतन्त्रताको योद्धाकोरुमा प्रस्तुत गर्ने गरिएको छ । कतिसम्म भने नोभाल्नीलाई रुसका नेल्सन मण्डेला सम्म पनि भनिन थालेको छ ।यता कतिपय भारत लगायतका एशियाली देशहरु पनि अमेरिकाकै अनुसरण गर्दै रहेका देखिन्छन् र उनीहरु अमेरिका परस्त रहेको पनि औल्याइदैछ । बास्तबिकता के छ ने नोभाल्नी पुटीनका लागि कुनै राजनीतिक चूनौति दिने स्तरमा पुगेका नेता होइनन् र थिएनन् भन्ने राजनीतिक पर्यबेक्षकहरुले औंल्याउदै आएका हुन् । उल्टै यतिबेला रुसमा पटीनको लोकप्रियताले आकाश छुन लागेको प्रचार हुन थालेको थियो र कुनै राजनीतिक चूनौति उनका सामुमा थिएन भनिदैछ र उनको राष्ट्रपतिमा पुनः बिजय सुनिश्चित रहेको अनुमान गरिदैछ । त्यसैले यस्तो बेलामा उनले एक जना निष्प्रभावी राजनीतिक बिरोधीको हत्या किन गर्दा हुन् भन्ने पनि चर्चा भइरहेको बताइन्छ । तर के कुरा अबश्य लाग्दछ र हो भने यस घटनाक्रमबाट अमेरिका र पश्चिमा देशहरुमा पुटीन र रुसका बिरुद्ध जनमत जनमत तयार गर्ने निकै प्रयास गरिने कुरा भने निश्चित छ । त्यो शुरु पनि भइसकेको छ ।

Navali_1aJpYMLCSJ (1).jpg
पहिला रुसी केन्द्रिय गुप्तचर संस्था केजीबीका प्रमुख रहेका पटीले बिदेशी एजेण्टहरुको सक्रियतामाथि  दृष्टि दिइरहेका या दिदा होलान् । तर आमरुपमा उनले कुनै खाश महत्व भने दिदैनन् भन्ने पनि जानकारहरु औल्याउने गर्दछन् ।वास्तवमा उनी आलोचकहरुप्रति उदार किासको ब्यवहार गर्ने गर्दछन् पनि भनिदै आएको हो । यस्तै एउटा घटना केही महिना पहिला पनि घटेको थियो । क्यानाडाका बद्वान माक्र्सबादी प्राध्यापक  राधिका देसाईले वाल्दाई सम्मेलनमा पुटीनको ध्यान जेलमा बन्द रहेका साम्यबादी चिन्तक बोरिस कगारलिततर्फ आकृष्ट गराएको थियो । पुटीनसँग ब्यक्तिगत निवेदन गरिएको थियो कि उनले ती बिद्वान कम्युनिष्ट चिन्तकको रिहाइका लाग हस्तक्षेप गरुन् । त्यस्ता सम्मेलनका यस्ता किसिमका कुराहरु उठाउनुलाई असामान्य नै मान्ने पनि गरिएको छ । तथापि पुटीनले सदाशयता देखाउदै आफुलाई त्यसबारे पुरा जानकारी नभएको बताए । यद्यपि यस अनुरोधका बारेमा अबश्य बिचार गर्ने बचन पनि दिए । केही दिन पछि क्रेमलिनका आलोचक ती साम्यबादी बिचारकलाई रिहा पनि गरिएको थियो । अर्को यस्तै एउटा उदाहरण जासुसीको आरोपमा गिरफ्तार एकजना अमेरिकी पत्रकार इभान गोर्शकोभिचसँग सम्बन्धित छ । अमेरिकी न्यूज एंकर टकर कार्लशनले पुटीनसँगको आफ्नो चर्चित अन्तरबार्ताका बेला पुटीनसँग ती पत्रकारको रिहाईको कुरा पनि गरेका थिए र निवेदन दिएका थिए । पुटीनल त्यस बारेमा जासुसीको मामिला हो फेरि पनि दुइ देशका एजेन्सहरुका बीच कुराकानी गरेर यसको समाधान खोज्न सकिन भनेका थिए ।
यतिबेला बिश्वका बिज्ञ बिश्लेषकहरु भनिरहेका छन् कि नोभाल्नीको मृत्युको उपयोग सूचना युद्धका लागि गरिनु दुर्भाग्यपूर्ण कुरा हो । त्यसबाट सरकारी उत्पीडनका बास्तबिक शिकार बन्ने गरेका मानिसहरुको हितमा पनि प्रतिकूल असर पर्न जान्छ । यो चिन्ताको कुरा हो कि अमेरिका र पश्चिमा देशहरु जाने मानेका मानिसहरुको उपयोग आफ्नो रणनीतिक हितहरुलाई साध्नका लाग गर्ने गर्दछन् भन्ने पनि सम्झदैछन् । बंगलादेशका एक चर्चित ब्यक्तित्व डा. यूनुसको राजनीतिक महत्वकांक्षा जगाएर शेख हसिनाको स्थानमा स्थापित गर्ने कोशिश गरिएको घटनाको पनि उनीहरु उल्लेख गर्दछन् । त्यतिबेला शेख हसिनाले यूनुसलाई जेलमा बन्द गरेकी पनि थिइन् । बास्तवमा यस्ता घटनाहरु सिर्जना गर्न र आफ्नो स्वार्थका लागि उपयोग गर्न लागि रहने पश्चिमा शक्तिहरुकाप्रति बिश्वभरी नै सजगता बढ्दै गएको भए पनि पश्चिमाहरु मौका पर्ने बित्तिक यस्ता घटनालाई उपयोग गर्न चुक्तैनन् भन्ने देखिदै आएको छ । राजनीतिलाई गलत मोड दिने खालका यस्ता घटनाहरुले कुनै सुखद परिणाम भने शायदै दिएका होलान् ।