बुधबार, भाद्र ३ गते २०८३

‘लिडरसिप पोजिसन होइन, भिजन हो’ : पूर्व राजदुत दाहाल

फाल्गुण ४, २०८० शुक्रबार
‘लिडरसिप पोजिसन होइन, भिजन हो’ : पूर्व राजदुत दाहाल

पूर्व राजदुत तथा प्रेरक वक्ता महेश दाहालले सकारात्मक सोचले मानिसलाई लक्ष्यमा पुग्न सहयोग पुर्याउने बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले गरेकाे साकोस अध्यक्षहरुको गोष्ठीमा ‘सकारात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी नेतृत्वमा तालिमको महत्व रहेको बताए । सहकारीमा अहिले समस्या आएको र समस्या समाधान हुने सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

संस्थामा नेतृत्व, व्यवस्थापन र प्रशासन मुख्य हुने भन्दै उनले ती कुराको सही व्यवस्थापन गर्न नसके समस्या आउने बताए । नेतृत्व हरेक क्षेत्रमा चाहिने र नेतृत्वले आलोचना र अरुको कुरा सुन्न सक्ने क्षमता राख्नु पर्ने उनले जनाए । लिडरसिपमा सुन्न सक्ने क्षमता हुनु पर्ने र अरुको कुरा सुनेर मात्र प्रतिउत्तर दिन उनले सुझाए । आफुलाई कम्जोर नठान्ने र इथिक्स भन्दा बाहिर गएर कुनै काम नगर्ने व्यक्ति सफल हुने उनले जनाए । लिडरसिपमा बोली, विश्वास र व्यवहार पक्का हुनेपर्ने  र त्यसको प्रभाव काममा देखिने उनले बताए । लिडरसिप मान र सानको विषय नभई कर्तव्य र जिम्मेवारीको विषय रहेको दाहालले जनाए ।

ज्ञान र सिपसँगै लिडरमा प्रवृति मुख्य हुने उनले बताए । लिडरमा हरेक कुराको समस्या समाधान छ भन्ने आत्मविश्वास हुनुपर्नेमा उनले जोड दिए । लिडरसिप पोजिसन नभई भिजन भएको उनले सुनाए । सहकारीका लिडरमा १० बर्षपछि कस्तो सहकारी बनाउने भन्ने भिजनका साथ काम गर्न अध्यक्षहरुलाई उनले आग्रह गरे । 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता