केहि समय विश्वका उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.१ प्रतिशत वरपर रहने प्रक्षेपण गरिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।०८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कोभिड महामारी, भू–राजनीतिक तनाब र कसिलो मौद्रिक नीतिका कारण पछिल्ला बर्षहरुमा शिथिल बनेको जनाएको हो । विश्व अर्थतन्त्रमा केही सुधारका संकेत देखिएको भएतापनि आर्थिक वृद्धिदर भने आगामी वर्षसम्म स्थिर रहने अन्तराष्ट्रिय मुद्रा कोषको अनुमान रहेको मौद्रिक नीतिमा उल्लेख छ ।
सन् २०२२ मा ३.५ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२३ मा ३.१ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । सन् २०२४ मा पनि विश्व अर्थतन्त्र ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेको छ । सन्२०२२ मा २.६ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा १.६ प्रतिशतमा सीमित हुने र सन् २०२२ मा ४.१ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ४.१ प्रतिशतले वृद्धि भएको अनुमान रहेको छ । सन् २०२४ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण रहेको छ ।
सन्२०२३ मा छिमेकी मुलुकहरु भारत र चीनको अर्थतन्त्र क्रमश: ६.७ प्रतिशत र ५.२ प्रतिशतले
विस्तार भएकोअनुमान रहेको छ । यस्तो वृद्धिदर सन्२०२४ मा क्रमश: ६.५ प्रतिशत र ४.६
प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
नेपालपत्र संवाददाता