ज खाँ Genghis Khan (११६२–१२२७) को न्वारानको नाम तेमुजिन थियो । यिनको नामका विभिन्न उच्चारण हुन्छन् । यिनी मङ्गोल वंशको विशाल साम्राज्य संस्थापक र प्रख्यात लडाकू थिए । उत्तरपूर्वी एशिया (चीन) का विभिन्न घुमन्ते कबिलाहरूलाई एकजूट बनाएर उनी शक्तिमा उदाए । साथै युरेशियाको विशाल भूभाग कब्जा गरे ।
यस क्रममा धेरै बर्बरता र नरसंहार पनि भयो, खासगरी मध्य र पश्चिम चीनका मुसलमानहरूसँग र मध्य चीनका प्राचीन लडाईँहरूमा । पश्चिम चीनको लडाईँपछि उनको मृत्यु १२२७ मा भयो । त्यसैले उनले कब्जा गरेका भूभागका समाजमा उनको नाम एक त्रासदीका रुपमा पनि जानिन्छ ।
स्वइच्छा अनुसार उनको शव कसैले नचिन्ने किसिमले मंगोलियाको कुनै भागमा दफनाइयो । वर्तमान मंगोलियनहरू उनलाई राष्ट्रनिर्माता (राष्ट्रजनक) मान्दछन् । रेशम मार्गलाई पूर्व–पश्चिम, अरब र युरोप जोड्ने कडीका रुपमा राजनीतिक महत्व र सांस्कृतिक मिश्रणको प्रयोजनका साथ लिनेमा उनको नाम आउँछ। उनले रेशम मार्गको प्रचलनलाई गति दिए ।
यिनी रमाईला कुरा गर्ने र चेतना दिने काम पनि गर्दथे । जस्तै– “कसैलाई रक्सी पिउनु नै छ भने महिनाको तीनपटक पिओस्, त्योभन्दा बढी खराब हुन्छ । महिनामा दुईपटक पिउँदा अझ राम्रो । महिनाको एकपटकमात्र पिउनु त झनै राम्रो । कोही रक्सी नै पिउँदैन भने त्यो सबभन्दा उत्तम (बानी) हो” ।
(If one must drink, then let one drink thrice a month, for more is bad. If one gets drunk twice a month, it is better; if one gets drunk once a month, that is better still; and if one doesn't drink at all, that is the best of all.)
माथि उल्लेखित उनको भनाई रशिद अल–दिनको इतिहास संग्रह ‘जामी अल–तवारिख’ को गुगल सन्जालमा फेला परेको अनुदित ई–बुकबाट लिइएको हो–
I am the punishment of God.If you had not committed great sins, god would not have sent a punishment like me upon you।

साभार -गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम