आइतबार, कार्तिक ९ गते २०८३

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त


माघ २४, २०८० बुधबार
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा  लम्साल नियुक्त

महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतान नियुक्त भएका छन् । बैंकको  हिजो बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले   लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको  हो ।

बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा  रहेका  लम्साल   तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए । 
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाए । साथै  उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् । 

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्साल ज्युसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।