शनिबार, आश्विन १७ गते २०८३

६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स, २५.३ प्रतिशतले बढ्यो

माघ २३, २०८० मंगलबार
६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स, २५.३ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागद्वारा प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

पौष मसान्तसम्म वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगतरुपमा अन्तिम श्रम स्वीकृति  लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

६ महिनकाके अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।