स्मार्टफोन उत्पादक शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रममा रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।
यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने जनाइएको छ । रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा रेड्मी नोट १३ को खुद्रा मुल्य २४,९९९ (६/१२८ जीबी) र रु. २७,९९९ (८/२५६) जीबीमा उपलब्ध हुनेछ । त्यसैगरी रेड्मी नोट १३ प्रो ३४,९९९ (८/२५६ जीबी) र रु. ३९,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ भने रेड्मी नोट १३ प्रो प्लस फाइभ ४७,९९९ (८/२५६ जीबी) र ५२,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।