आइतबार, आश्विन १८ गते २०८३

१० रोपनी जग्गा व्यवसायी चौधरीले व्यक्तिगत नामसारी गरेको सीआईबीको ठहर


माघ १९, २०८० शुक्रबार
१० रोपनी जग्गा व्यवसायी चौधरीले व्यक्तिगत  नामसारी  गरेको सीआईबीको ठहर

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी अरुण चौधरी लगायतलाई तीन महिना भन्दा बढीको अनुसन्धानपछि  नियन्त्रणमा लिएको जनाएको छ । सीआइबीले आज पत्रकार सम्मेलनको आयोजना गरी आरोपीहरुलाई किर्ते र ठगी सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने   जानकारी  दिएको  छ ।
  

२०४३ सालमा च्याम्पियन फुटवेयरमा बाँसबारी छाला जुत्ता उद्योगको २५ प्रतिशत सेयर स्वामित्व रहने गरि जग्गा निजीकरण गरिएको थियो ।  सो समयमा च्याम्पियन फुटवेयरको पुँजी ५० लाख रहेको र सो को २५ प्रतिशत सेयर बाँसबारीले उद्योगले पाउँदा १२ लाख ५० हजार रुपैयाँ मात्र हुने सीआईबीले  जनाएको छ । तर, जग्गाको मूल्यांकन भने रोपनीको २ लाख ५० हजार रुपैयाँका दरले २५ लाख गरिएको सीआईबीको दाबी छ ।

सीआईबीका अनुसार सम्झौता बमोजिम साढे १२ लाख रुपैयाँ लगानी गर्नुपर्ने ठाउँमा २६ लाख २७८ रुपैयाँ लगानी गरि तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगका अध्यक्ष अजितनारायण सिंह थापाले सरकारलाई हानी नोक्सानी पुर्‍याएर आफूलाई लाभ लिएर अरुण चौधरी सञ्चालक रहेको च्याम्पियन फुटवेयरलाई जग्गा दिलाएका थिए ।

यसरी सरकारबाट उद्योग सञ्चालन भनि विभिन्न मितिमा लिएको १० रोपनी जग्गा चौधरीले आफ्नो व्यक्तिगत नाममा नामसारी गरि चाँदबाग स्कुल सञ्चालन गरेको सीआईबीको ठहर छ ।