शनिबार, आश्विन १७ गते २०८३

लेखा र सीए ठिक हुनेबित्तिकै धेरै कुरा ठिक ठाउँमा आउछः मन्त्री  महत


माघ १८, २०८० बिहीबार
लेखा र सीए  ठिक हुनेबित्तिकै धेरै कुरा ठिक ठाउँमा आउछः मन्त्री  महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउन्टेन्ट (सीए) लाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् । 

‘चार्टर्ड एकाउन्टेन्टहरूले पेसागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ,’ चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहमा मन्त्री महतले भने । उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने र बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्या प्राथमिकताका आधारमा समाधान गर्नुपर्ने बताए ।

लेखा र चार्टर्डमा ठिक हुनेबित्तिकै धेरै कुरा ठिक ठाउँमा आउने भन्दै मन्त्री महतले बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । ‘हाम्रो कर प्रशासनमा चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ । त्यसलाई म गम्भीरसाथ लिन्छु,’ उनले भने ।