नेपाल आयल निगमले माघ १८ गते बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल–मट्टीतेलमा २ रुपैयाँ र खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १५ रुपैयाँका दरले थपेर बिक्री मूल्य तय गरिएको हो।
काठमाडौ, पोखरा र दिपायल डोटीको बजारमा पेट्रोलको मूल्य रु. १७० कायम गरेको छ। यसैगरी डिजेल र मट्टीतेलको मूल्य रु। १५८ कायम गरिएको छ। पूर्वको चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज, पश्चिमको भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले पेट्रोल र डिजेल प्रतिलिटर क्रमश: रु १६७.५० र रु १५५.५० का दरले पाउनेछन् ।
कर्णालीको सुर्खेत र लुम्बिनीको दाङका उपभोक्ताले पेट्रोल प्रतिलिटर १६९ र डिजल १५७ रुपैयाँका दरले खरिद गर्नुपर्नेछ । खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ८९५ रुपैयाँबाट १ हजार ९१० रुपैयाँ पुगेको छ।
नेपालपत्र संवाददाता