आइतबार, कार्तिक ९ गते २०८३

प्रोग्रेशिभ फाइनान्सको चुनावी सभा , ६ पदका लागि ११ जनाको उम्मेदवारी 


माघ १७, २०८० बुधबार
प्रोग्रेशिभ फाइनान्सको चुनावी सभा , ६ पदका लागि ११ जनाको उम्मेदवारी 


प्रोग्रेशिभ फाइनान्सको यहि माघ २२ गते चुनावी साधारण सभा हुने भएको छ । फाइनान्सको २६ औं साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्ने छ । सभाले संस्थापक  र सर्वसाधारण समुहबाट नयाँ सञ्चालक समिति चयन गर्ने  भएको छ ।

निर्वाचन उपसमितिका अनुसार संस्थापक शेयर धनीको तर्फबाट ३ जनाको लागि अनिश महर्जन,लक्ष्मी प्रसाद महर्जन ,शंभुलाल डंगोल र सुरेन्द्र अवालेको उम्मेदवारी परेको छ । त्यसैगरी सर्वसाधरण समुहबाट पुरुषतर्फ प्रज्वल कुमार दाहाल,राजभाइ डंगोल,संदिप धवा र राधाव अग्रवालले उम्मेदवारी दिएका छन् । महिला आरक्षणतर्फ १ सिटका लागि निर्मला गौतम,अल्का जोशी र सविना महर्जनको उम्मेदवारी परेको छ । संस्थापकहरु मध्येबाट ३ जना र सर्वसाधरणतर्फबाट ३ जना गरी ६ जना सञ्चालक पदको लागि निर्वाचन हुन लागेको हो ।

स्थपानाको हिसावले पुरानो फाइनान्स कम्पनी भए पनि यसले लगानीकर्तालाई एक पटक मात्रै प्रतिफल दिन सकेको छ । यस पटक पनि कम्पनीले लगानीकर्तालाई कुनै प्रतिफल नदिने भएको छ ।  फाइनान्सको संचित घाटा झन्डै ४३ करोड माथी रहेको छ ।