शनिबार, आश्विन १७ गते २०८३

भाटभटेनी डिपार्टमेन्टल स्टोर करछलीमा दोषी ठहर, सर्वोच्चद्वारा पूर्व फैसला नै सदर


माघ १७, २०८० बुधबार
भाटभटेनी डिपार्टमेन्टल स्टोर करछलीमा दोषी ठहर, सर्वोच्चद्वारा पूर्व फैसला नै सदर

नक्कली भ्याट बिलमार्फत् कर छली गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोषी ठहर भएको हो । सर्वोच्च अदालतको पूर्ण इजलासले उक्त कसुरमा भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेसँगै दोषी ठहर भएको हो ।

न्यायाधीशहरू डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकाल रहेको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतले गरेकै फैसलालाई सदर गरेको हो । 

सर्वोच्चले भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेसँगै उसले राजस्व, ब्याज र जरिवानासहित २ अर्ब रुपैयाँ हाराहारी बुझाउनुपर्नेहुन्छ । 

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७६ पुस २६ गते अन्तिम फैसला सुनाउँदै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।

२०७८ असार १० गते भाटभटेनीको हकमा फैसला पुनरावलोकन हुने आदेश गरेको थियो। त्यही आदेशका कारण सर्वोच्च अदालतको संयुक्त इजलासले फैसला गरेको मुद्दा पुन: सुनुवाइ गरेको हो ।