बुधबार, भाद्र ३ गते २०८३

अत्याचारी शासक मरेपछि उसको शासन सकिन्छ, शहिदचाहिं मरेपछि उसको शासन शुरू हुन्छ.... : स्वरेन कियरगाद


माघ १७, २०८० बुधबार
अत्याचारी शासक मरेपछि उसको शासन सकिन्छ, शहिदचाहिं मरेपछि उसको शासन शुरू हुन्छ.... : स्वरेन कियरगाद

स्वरेन आबी कियरगाद (Søren Aabye Kierkegaard) १८१३–१८५५, डेनिश दार्शनिक, क्रिश्चियनका बेदान्ती जस्तै, कवि, सामाजिक समालोचक तथा धार्मिक लेखक थिए, जो अस्तित्ववादी दार्शनिकका रुपमा चिनिन्छन् । उनी यिनै विधामा विभिन्न कृतिहरू लेखक हुन् । अल्पायुमै उनको निधन भयो ।
उनी आफूलाई समकालीन वा पूर्वकालीन बुद्धिजीवी र साहित्यकारभन्दा फरक देखिन चाहन्थे । यिनले आफ्ना सबै कृतिहरू एक्लो मानिसलाई पनि जीवन धान्न चेतना दिने प्रयत्नका साथ लेख्नेगरेको दावी गरेका छन् ।
उनका दार्शनिक सिद्धान्त बुझ्ने सबभन्दा महत्वपूण स्रोत कियरगादको जर्नल (Kierkegaard's Journals) हो जुन जर्नल उनले ७ हजार पृष्ठ लेखेका छन्, उनका सबै विचार, घटना, प्रतिक्रिया आदि डायरीजस्तै छोडेका छन् ।
यी सबै जर्नललाई १३ खण्ड र २५ वटा बाइन्डिङमा छापियो । जर्नलको पहिलो र अँग्रेजी संस्करण अलेक्ज्यान्डर ड्रूले सम्पादन गरेका थिए । लेखन शैली साहित्यिक तथा काब्यात्मक छ ।
उनको उपरोक्त भनाई १८४८ मा लेखेको खण्डमा उल्लेख छ : The tyrant dies and his rule is over, the martyr dies and his rule begins.

साभार -गाैतमजीकाे मुहारपुस्तिका