एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ८.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँको ७.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । सो सहित कर प्रयोजनका लागि ०.४ प्रतिशत नगद गरी कुल लाभांश ८.१६ प्रतिशत हुन आउँछ ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
नेपालपत्र संवाददाता