काठमाण्डौ । कमरेड पुष्पलालका सह–योद्धा आफ्ना श्रद्धेय क्रान्तिकारी अग्रज नेता कमरेड एकदेब आलेलाई नेपाल कम्युनिष्ट पार्टीले हार्दिक र सम्मानपूर्ण सम्झना गर्दै उहाँले नेपाल र नेपाली श्रमजीबी जनताको मुक्ति र प्रगतिको निम्ति आजीवन खेलेको क्रान्तिकारी भूमिका र योगदानको चर्चा गरेको छ । यही २०८० माघ १२ गते जुममा आयोजना गरिएको ५४औं स्मृति दिवस कार्यक्रममा नेकपाका नेताहरु अध्यक्ष लोकनारायण सुबेदी, उपाध्यक्ष भिम प्रसाद सेढाई,कोषाध्यक्ष सीता सुबेदी तथा सचिवालय सदस्यद्वय भूमिप्रसाद ढुंगान र बद्रीनाथ अधिकारी तथा केन्द्रिय सदस्यहरु शुकदेब चौधरी,देबीप्रसाद आचार्य र धर्मेन्द्रच चौधरी तथा राष्ट्रिय परिषद सदस्य तोयाराज अधिकारीले नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड आलेले आजीवन खेलेको संघर्ष, संगठन र सिद्धान्त सम्बन्धि भूमिका अनुकरणीय, ऊर्जावान र सधैं प्रेरणास्पद रहेको कुरा औंल्याउनु भएको थियो । त्यस अवसरमा उहाँहरु सबैले पार्टी केन्द्रिय समितिले अघिसारेको कमरेड पुष्पलालको जन्म शतबार्षिकीका महती ऐतिहासिक कार्यक्रमहरुलाई सफल तुल्याएर जान सकेमा कमरेड पुष्पलाल र उहाँका सह–योद्धा कमरेड एकदेब आलेलाई सम्झना गरेको सार्थक हुने यथार्थको उल्लेख गर्दै यो कार्य सफल पार्ने प्रण गर्नु भयो । कार्यक्रममा सचिवालय सदस्य कमरेड नरेश अमात्यको पनि उपस्थिति रहेको थियो ।

कम्युनिष्ट बन्नुभन्दा पहिलादेखि नै कमरेड एकदेब आलेका क्रान्तिकारी र संघर्षशील गतिबिधिहरुको जुन चर्चा कमरेड पुष्पलालले गर्नु भएको छ तिनको उल्लेख गर्दै पार्टी अध्यक्ष लोकनारायण सुबेदीले दिल्ली सम्झौताको बिरोध गर्दा जेल परेका मुक्ति योद्धा एकदेब आले जेलमा परेका कामरेडहरुको सम्पर्कमा आउनु भयो र जेलबाट छुटेपछि कमरेड पुष्पलालको हातबाट पार्टी सदस्यता लिएर किसान फाँटमा काम गर्ने जिम्मेवारीका साथ तनहुँ गएर सुकुम्बासी र गरीब किसानलाई पर्ती र बाँझो जग्गामा बसोबासका लागि किसानमाथि भइरहेका सामन्ती शोषण बिरोधी आन्दोलनको थालनी गर्नु भयो र किसान संगठनको बिकास र बिस्तार गर्नुभयो । जेल पर्नु भयो र निस्कनु भयो । अनि ०१७ सालको प्रतिगामी शाही काण्डपछि पुन पक्राउ पर्नु भयो र पाल्पा जेलमा २०१८ सालमा जेल बिद्रोह गरी अन्य बन्दीहरुकासाथ कपिलबस्तुको गोरुसिंगे हुँदै भारतको बनारस पुग्नु भयो । १९ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको तेश्रो महाधिबेशनमा भाग लिनु भयो । तर पार्टीभित्र संशोधनबादको प्रबेश पकडले गर्दा यो पार्टी गतिहीन र निष्कृय भएको अबस्थामा २०२५ सालमा क.पुष्पललको पहलमा भारतको गोरखपुरम पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन सफलताकासाथ गरी यसलाई पार्टीको क्रान्तिकारी प्रतिमालाई पुनर्जीबिवत गर्ने कार्यमा पार्टीको नयाँ जनबादी कार्यक्रमको मस्यौदा गर्न कमरेड पुष्पलाललाई सहयोग गर्ने ६जनामध्ये कमरेड आले पनि एक हुनुहुन्थ्यो । यसरी आले संघर्ष, संगठन र सिद्धान्तको निर्माण र कार्यान्वय गर्ने स्तरमा पुग्नु भयो । यसैलाई कमरेड पुष्पलालले देशको एउटा, हली, गोठालो र लाहुरे मार्क्सबाद लेनिनबाद माओ बिचारधारका आधारमा कसरी नेपाल र नेपाली जनताकोे कम्युनष्ट आन्दोलनको एक अबिचलत निष्ठाबान तथा क्रान्तिप्रति दृढनिश्चयी, परिपक्क र भरपर्दो नेता बन्दोरहेछ भनेर उल्लेख गर्नु भएको अध्यक्ष सुबेदीले उल्लेख गर्नु भयो ।
पार्टीका उपाध्यक्ष भिमप्रसाद सेढाईले क. आलेको क्रान्तिकारी चिन्तन, चरित्र र ब्यबहारको बारेमा बताउदै उहाँ एउटा सत्यनिष्ठ कम्युनिष्ट नेता, कस्तै आँधीहुरीमा अबिचित संघर्षशील ब्यक्तित्व र दुःख, सुख जे जस्तो परिस्थितिमा पनि सधैं काममा डटिरहने साच्चै नै प्रेरणदायी ब्यक्तित्व हुनुहुन्थ्यो भन्दै र २०२५ सालमा लगातर डेढ महिनाजति बनारसमा आलेसँगै बसेको सम्झना गर्दै उहाँबाट सिकौ र पार्टी कार्यमा दत्तसित्त भएर लागौं भन्दै आलेप्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गर्नु भयो ।
पार्टीका कोषाध्यक्ष सीता सुबेदीले आले जस्ता बीर क्रान्तिकारी अग्रज योद्धाका प्रेरणादायी कुराहरु कमरेडहरुबाट सुन्दा र आजको स्थिति हेर्दा अब त्यस्तै आले चरित्रको दृढतापूर्ब अनुसरण गर्ने जनताका नेताहरु पार्टीले निर्माण गर्न सक्दा मात्र नयाँ जनबादी क्रान्तिप्रति जनताको बिश्वास र भरोसा पैदा हुन्छ भन्ने कुरा राख्दै क.आलेप्रति श्रद्धा सुमन ब्यक्त गर्नु भयो ।
पार्टीका सचिवालय सदस्य भूमि ढुंगानाले कमरेड आलेबाट सही कुरा सिकेर अघि बढ्न सक्दा मात्र पार्टीलाई प्रतिकृयाबादी शक्तिको सशक्त किसिमले सामना गर्ने क्रान्तिकारी र क्रियाशील बनाउन सकिने र सबै कसिमका निष्कृयता कमजोरीलाई चिर्न सकिन्छ भन्नुहुदै यसरी मात्र आलेप्रति सम्मानपूर्ण र सार्थक सम्झना गरेको ठहरिने कुरा प्रष्ट पार्नु भयो ।
पार्टीका अर्का सचिावलय सदस्य बद्रीनाथ अधिकारीले संघर्षै संघर्षले भरिएको आलेको राजनीतिक जीवन यात्रा हाम्रो पार्टी र पूरै नेपाली कम्युनिष्ट आन्दोलनका लागि अत्यन्तै प्रेरणास्पद छ र उहाँलाई साच्चै नै पुष्पलालको सच्चा अनुयायीकोरुपमा लिनु पर्दछ भन्ने कुरा राख्दै सम्पूर्ण पार्टी पंक्ति कमरेड आलेको क्रान्तिकारी दिशातर्फ प्रबृत्त हुनु पर्ने कुरामा उहाले जोड दिनु भयो ।
पार्टीका केन्द्रिय सदस्य तथा किसान नेता शुकदेब चौधरीले पहिलो पटक सप्तरीको शम्भूनाथ ट्रफिकमा कमरेड आलेको स्मृतिमा आफु सरिक भएको र उहाको क्रान्तिकारी गतिबिधि सुनेर उहाँ किसानको सच्चा र लडाकु कम्युनिष्ट नेता रहेको कुरा आफुले बुझेको अनुभव सुनाउँदै आलेप्रति उच्च सम्मान प्रकट गर्नु भयो ।
अर्का केन्द्रिय सदस्य देबीप्रसाद आचार्यले आले जस्ता क्रान्तिकारी नेताको कुरा सुन्दा मनमा उत्साह जाग्दो रहेछ र उर्जा पैदा हुँदो रहेछ भन्नु हुँदै उहाँले देखाएको बाटोमा अग्रसर हुन सकेमा मात्र उहाँलाई सम्झेको सार्थक हुन्छ भन्नु भयो ।
पार्टीका अर्का केन्द्रिय सदस्य तथा किसान यूनियनका महासचिव क.धर्मेन्द्र चौधरीले क्रान्तिकारी नेता कमरेड आलेका बारेमा क्रान्तिकारी कामरेडहरुबाट सुन्न पाउँदा हामीले पनि केही गर्नु पर्दछ भन्ने साहस आउदो रहेछ भन्ने कुरा राख्दै पार्टीका कमरेडहरुलाई संगठन बिस्तारमा आफुलाई सहयाे गर्न रौतहट आउन निमन्त्रणा पनि दिनु भयो ।
पार्टीमा लामो समयदेखि क्रियाशील राष्ट्रिय परिषदका सदस्य तथा उदयपुर जिल्लाका नेता तोयाराज अधिकारीले कमरेड आलेको राजनीतिक सुझबुझ सक्रियता र संघर्षशीलता लोभलाग्दो रहेछ । उहाबाट सिकेर अघि बढ्न सकेमा देश र जनताको सेवा गर्न सक्षम पार्टी बनाउन सकिन्छ भन्ने भावना ब्यक्त गदै आलेप्रति सम्मान र श्रद्धा ब्यक्त गर्नु भयो । कमरेड एकदेब आलेकाे सम्मानमा कमरेड एकदेब आले अमर रहुन् भन्ने नाराकासाथ स्मृति कार्यक्रम शुरू गरिएकाे थियाे ।
नेपालपत्र संवाददाता