शुक्रबार, कार्तिक ७ गते २०८३

बी ए कृष्ण दाई --एक शब्द चित्र

माघ १०, २०८० बुधबार
बी ए कृष्ण दाई --एक शब्द चित्र
Namdji.jpg
-प्रा डा बन्धु कोइराला
 
बी ए कृष्ण धरान ।
म बी ए कृष्णलाई ।
नेपाल -
नेपाली भन्छु।
मेरा गुरु पनि । मार्क्सवादी पाठशालाका एक गुरु ।
आदर्श ।
आदरणीय , सरल , सहज , ईमानदार
*
अनौठो नाम नै बी ए ।
के भनेको ?
हामी माध्यमिक तहमा सोध्थौं -
जवाफ् धेरै पढेको !
उत्तर ।
अभिभावकहरुको भनाइ -
बी ए कृष्ण झैँ धेरै पढनु । ठूलो मानिस हुनु।
असल ।
हो ऊनी असल ।
*
त्यो समय बी ए कृष्ण ? किन बनेनन् जागिरे ? किन व्यापारी भएनन्?
किन लाभको पदमा बसेनन्?
*
किन बामपंथी बने? कठोर। यात्रा दुर्गम्य ?
पछि मात्रै मैले सोध्न पाएं । जब म त्रिभुवन विश्वविद्यालयमा पढाउंन थालें।2030 को कुरा -
उनी हांसे मात्रै ।
भने -
त्"यहाँ पनि तिमीहरू जस्ता साथी चाहिन्छ नि!"
मैले त्यो कुरा पछि बुझें।
धेरै पछि बुझ्ने म जहिले ।
हो उनीहरू संग दीक्षित कयौं /
हामी विश्वविद्यालयमा प्राध्यापक सम्म भयौं ।डा प्रेम खत्री अहिले संझे । बसन्त थापा ।
*
धरान शहर / बजारका मात्रै कुरा गरुँ ।
बाम एक्लो पार्टी । कांग्रेस अर्को ।
त्यो बेला थिएन पंन्चायत ।
*
०७ सालको प्रजातान्त्रिक चेतनाको उद्बोध संगै
कृष्णको वैचारिक प्रादुर्भाव र दृढता भनौं।
०१७ सालको शाही कदमको निरंकुशताको फलत असन्तुष्टि , विरोध , बिद्रोह बन्यो -उनको जीवन ।
*
राजनीति गर्नु त्यो बेला सजिलो कहाँ !
आफ्नो सबै सिध्याएर जन चेतनाको लागि गर्नु पर्ने काम ।
संघर्ष ,
त्याग
निष्ठा
समर्पण
ती दिन!
कति कठिन !!
उफ!
*
संझन्छु आज-
कुनै जातीय विभेद नेतामा थिएन ।
न थियोे- क्षेत्रीयता ,सांप्रदायिकता ।
थियो सबैमा आफ्नो आस्था प्रतिको दृढता ।
*
२०१७ पछिको कुरा-
यहाँ उल्लेख गरुं हामी / म
शुरुआत चीन पक्षको बामपंथी धारा बाट ।
दीक्षित भयौं ।
केही रूस पक्ष । केही चीन पक्ष ।
*
जुन धारामा भए पनि साम्यवाद मार्क्स , लेनिन पुग्नै पर्ने ।
पछि -
अतिरिक्त माओवाद ।
पढ्ने ।
सिनियरहरु पढाउने।
*
यस्ता गंभीर सूक्ति उनी सुनाउंथे। पुस्तक , पत्रिकामार्फत ।
महत्त्वपूर्ण कुरा गोर्कीको आमा बारे सविस्तार वर्णन , चेखोबका कथाहरुको वर्णन गर्दा अत्यन्तै प्रसन्न हुन्थे ।
उनले चेखोबको साहित्यिक विशेषता वर्णन गरेको र बी पीका का कथामा पनि चेखोबको प्रभाव रहेको बुझे पछि हो न हो मेरो साहित्यिक उपनाम खेकोब आज सम्म जीवित छ।
बन्धु कोइराला (खेकोब)
यो एक अनायास भनौं या प्रायोजित कर्म ।
अनि त मैले चेखोब पढें , केही ।
त्यो सागर उनको ।
चेखोबका छोटा कथा गरें अनुवाद ।
विश्व प्रसिद्ध महान साहित्यकार , सर्ब युगीन ती !
*
अं त एक कुरा
कुनै बडप्प्न न भएका उनी
नाममा कृष्ण भन्ने सानैमा नाम
पहिलो धरान नगरीको बीए -
बीए कृष्ण भनिदिए
आफै श्रेष्ठ भन्ने जरुरी भएन / थिएन
मेरो कुरा उही -
खेकोब भन्यो पुग्यो
कतिले बन्धु थर भन्ने ठान्ने !
रमाइलो लाग्ने कहिलेकाहीँ आफैंलाई -
महानन्द, धरणीधर, पारसमणि, लक्ष्मीप्रसाद , लेखनाथ , सिध्दिचरण , थर आफैं लेखेनन् ।
धुस्वा सायमी उपनामले काम चलाए --
राजनीति , साहित्य लेखनमा चल्ने के के
संझें भिक्षु , व्यथित, आदि
- अब अर्कोतिर लागौं
बीए कृष्ण उच्च विचार सादा जीवन थिए । परिवार उनको प्राथमिकतामा परेन । कमाउने , जोड्ने , थप्ने यी सिद्धान्त नीति बिपरीत -
त्यही सामान्य जीवन
हिजोआजको सामन्त , मोजकारी , जीवन कहाँ ?
एक अर्थमा भनौं - परिवारलाई मानौं समाजमा , कर्ममय यात्रामा होमे -
रास्टिय चेत , चिन्तन उनको -
*
एउटा कुरा-
हामी धरान बासीको !
पीडा
त्यस्तो बजार , शहर , नगर भएर पनि !
हाम्रो पीडा ।
उक्लन न सक्ने खाडल , चढ्न न सक्ने पहाड
धरानको विकास
अव्यक्त पीडा
भन्नु पर्ने
अञ्चल सदरमुकाम बनाएर धरानलाई राजा महेन्द्रले विकास गर्न खोजेका थिए
तर
पञ्चायतमा उता धनकुटाका सूर्यबहादुर थापा यता इनरुवाका दिलबहादुर / होमबहादुर
र
प्रजातान्त्रिक कालमा विराटनगरका नेताहरूको पहुँच बढ्यो ।
जता पहुँच भयो विकास त्यतै जाँदो रहेछ ।
धरानले गतिलो नेता नै पाएन ।
रास्टिय तहको सत्ताको
कृष्ण दाइ, सूर्य दाई, यज्ञ दाई , ज्याउल हकको तिनीहरूलाई उछिनेर धरान नगरको विकास गर्न राजनीतिक वातावरण तयार गर्न सकिएन ।
यो खेद/ दुख हामी सबैलाई छ । यो विषयमा स्थानीयताले कृष्ण दाई हाम्रो एकै धारणा ।
देशमा अलग्गै शासन सत्ताको लागि कटिबद्ध उनी यी कुरामा केन्द्रित हुनु भएन अवश्य ।
सामाजिक रूपमा प्रतिष्ठित उनी आजको जस्तो कमाउ र गर मोज भन्ने पक्षमा कहाँ ?
बरु आफ्नो भएको संम्पत्ति सके ।
थप बढाउने , जोडने काम गरेनन् ।
*
यस्तै एक कुरा संझन्छु
उनी भन्थे- मुख खोल्नु भन्दा अघि विचार गर । यसको अर्थ हुन्थ्यो -
कुनै कुरा पनि न बुझि न बोल ।
गम्भीरतापर्ूवक जानेर , बुझेर, मनन गरेर , समय , परिस्थिति , वातावरण बुझेर बोल ।
ती कुरा आज सम्म पनि मेरो मार्ग दर्शक छन् । भलै म बेला बखत चिप्लन्छु ।
-ती कुरा आज सम्म पनि मेरो मार्ग दर्शक छन् । भलै म बेला बखत चिप्लन्छु ।
*
" प्राचीन कालमा हारे थ्यो मुगल सम्राट तिमुरलङसँग साथै सारा संसार।
भारत पनि तिमुरलङसँग हारेको थियो।त्यस बेला
नेपालमा नेपाली राजा बलिराज थिए।
ती बूढा भएकाले छोरा
वत्सराजलाई पठाए तिमुरलङसँग युद्ध गर्न।
तिमुरलङका अढ़ाई लाख घोडचढी सेनाले वत्सराजका पचास हजार सेनालाई केही दिनमै समाप्त पारे।युद्धभूमिमा एक्लै उभिएका वीर वत्सराजलाई तिमुरलङले सोध्यो
-'भन् मर्नुभन्दा पहिले तेरो अन्तिम इच्छा के छ?'कत्ति नडराई हाँस्दै वत्सराजले भने
'मेरो अन्तिम इच्छा घोड़ाबाट ओर्लिएर भूइँमा उभिएका तिमुरलङसँग युद्धमा हारेर मर्ने छ।सम्राट छिटो ओर्ल घोड़ाबाट
र मसँग लड़ेर मेरो इच्छा पूरा गर।'
यस्तो साहसी वीर उसले जीवनमा कहिल्यै देखेको थिएन।
वत्सराज जस्तो वीरसँग एक्लै लड़ने शक्ति पनि थिएन।त्यसैले
उसले वत्सराजसँग मीत लगायो।
युद्धमा बाटो खर्च समाप्त भएको हुनाले स्वदेश फर्किनको लागि केही धनको माग गऱ्यो। वत्सराजले आफ्ना पिता बलिराजको आज्ञाले देउसी र भैलो खेलेर धन जम्मा गरे।र विश्वविजेता तिमुरलङलाई त्यही देउसी भैलो खेलेर उठेका चन्दाले बिदा गरिदिए।
त्यसरी तिमुरलङको लागि देउसी भैलो खेलेर चन्दा सङ्कलन गर्ने जुन व्यवस्था नेपाली राजा बलिराजले गरेका थिए ।
त्यो हाम्रो नेपाली जातीय परम्परागत तिहार एउटा
चाड़ नै हुनगयो।
नेपाली राजा बलिराजाले बसालेका त्यो
परम्परालाई नेपाली जातिले आज पनि तिहारमा देउसी -भैलो
खेलेर त्यो परम्परालाई कायमै राखेको छ।"
यो कथन बालकृष्ण पोखरेलले भनेको , कृष्ण प्रकाश श्रेष्ठले एक पत्र बताएको आज प्रवासका एक साहित्यकार प्रधानले लेखे पछि संझें ।
.*
एउटा कुरा-
हामी धरान बासीको !
पीडा
त्यस्तो बजार , शहर , नगर भएर पनि !
हाम्रो पीडा ।
उक्लन न सक्ने खाडल , चढ्न न सक्ने पहाड
धरानको विकास
अव्यक्त पीडा ।
भन्नु पर्ने
अञ्चल सदरमुकाम बनाएर धरानलाई राजा महेन्द्रले विकास गर्न खोजेका थिए
तर
पञ्चायतमा उता धनकुटाका सूर्यबहादुर थापा यता इनरुवाकाब दिलबहादुर / होमबहादुर
र
प्रजातान्त्रिक कालमा विराटनगरका नेताहरूको पहुँच बढ्यो ।
जता पहुँच भयो विकास त्यतै जाँदो रहेछ ।
धरानले गतिलो नेता नै पाएन ।
रास्टिय तहको सत्ताको
कृष्ण दाइ, सूर्य दाई, यज्ञ दाई , ज्याउल हकको तिनीहरूलाई उछिनेर धरान नगरको विकास गर्न राजनीतिक वातावरण तयार गर्न सकिएन । यो खेद/ दुख हामी सबैलाई छ । यो विषयमा स्थानीयताले कृष्ण दाई हाम्रो एकै धारणा ।
देशमा अलग्गै शासन सत्ताको लागि कटिबद्ध उनी यी कुरामा केन्द्रित हुनु भएन अवश्य ।
सामाजिक रूपमा प्रतिष्ठित उनी आजको जस्तो कमाउ र गर मोज भन्ने पक्षमा कहाँ ?
बरु आफ्नो भएको संम्पत्ति सके ।
थप बढाउने , जोडने काम गरेनन् ।
*
नेपालमा नागरिकता तथा ब्यापारको बाटोबाट फिजिकरण , सास्कृतिक राजा तथा बेबि किङ्ग को बाटोबाट भुटानिकरण र राजा बिरोधि अभियानमा नेता सहित झोले उत्रनु मिसन सिक्किमिकरण अनि नदि नाला देखि सबै क्षेत्रमा उस्को लगानी सम्झौता हुनुले पुरै देश निल्ने ईन्डियाको मिसन एकै साथ चलेको चली ..........नेपालीलाई कुनै दिन बिहारिले किमा नबनाउलान भन्न सकिन्न किन कि नेपालीले बुझ्दैन ।
तेति चतुर छैन ।येता तिर थेगो छ -मरेको एक(इन्द्डियन) देशीले दस जिउदो नेपाली ठग्छ"
ईन्डियालाई नेपाली होइन भुमी र खनिज ,जलश्रोत चाहिएको हो।।।।
देश खोज देश रहेन भने कसरी नेपाली ?जाग हो जाग
*
नेपाली समाज चेतनाको हिसाबले मुर्दा समाज हो । मुर्दा समाजले तुच्छ कार्यलाई पनि आफ्नो अभिमान ठान्छ ।
*
इमानदार मानिस वास्तवमा क्रोधी हुन्छ रे । उ बोल्दाखेरि पनि जंगेर बोल्छ । उसलाई कसैसँग चिप्लो लगाउनु छैन । त्यसैले इमानदार मान्छे झूटो कहिल्यै बोल्दैन । उसको साथी पनि प्राय: कमै हुन्छ । उ एक्लो हुन्छ किनकी उसलाई जल्लेपनि भन्छ, यो ठाडे छ, यसलाई बोल्न आउदैन । त्यसैले प्राय: उ एक्लो हुन्छ । र अर्को कुरा उसलाई कसैको बढ्याई गर्नु पनि छैन र गर्नपनि आउँदैन । यस्ता मानिस हाम्रो समाजमा निकै छन् तर हामीले चिन्न सक्दैनौ ।
— पुष्कर पोखरेलको भनाइ ।
खोइ?
खोइ तडक भडक
प्रशंसा कहाँ !
नदी
उंचो पहाड
संयम छ जहाँ
माइक छैन
अगाडि कुर्सी पनि
उद्घोषक कता!
छैन ब्यानर
प्रमुख , बिशिस्ट अतिथि
झुन्ड अतिथिको
आउने जाने छैनन्
न छन् अघाडि पछाडि कुरौटे
मोबाइल चलाउने
त्यो काम कहाँ
केवल प्रश्न उत्तर
ध्यान संग सुनिरहेका
ज्ञानका कुरा
छैन कसैलाई पछार्ने उचाल्ने कतै
केवल छ मानवता
जिज्ञासा
समाधान
-- हो बन्धु गुरुकुल जहाँ ।
जहिले घरमा पढि या केही लेखि या टिपोट गरिरहने ।
फिल्डमा खटेको बेला वा अरु बेला घुलमिल हुने । हिजोआजका नेताको बडप्पन कहां आज ?
त्यसै पनि प्रतिबन्धित समय
लुकी छिपी संङ्गठन , प्रचार , र पार्टी संबंधित काम गर्नुपर्ने
कार्यकर्ता जन साधारण जहाँ गयो, संगै खाने ।
झोला , टर्च, सामान्य औषधि , दुई सरो लुगा , लुङ्गी, तौलिया , गम्छा, ऐना, रेजर, ब्रस, पेस्ट,
केही च्यूरा , घिउ -- धूलो अचार , सखर आदि बोक्ने सामान्य प्रचलन--
पंचायत
लुकी छिपी हिडाइ , केही दिन , केही हप्ता, यसतै ।
कता घर परिवार कता?
आज फर्केर हेर्छु केही हजार / बीए कृष्णको पाला केही सय मध्ये उनी।
तिनको संङ्ग्र्‍श्ले पाएको उपलब्धि यो!
त्यसै न गुमाउं ।
जिउँदो शहीद गुनासो बिना नै जीवन गरे त्याग !
महान उदाहरणीय पक्ष -
बन्धे!
drbandhu1@ gmai. Cm
9851065419 Kathmandu
साभार-डा.बन्धुकाे मुहारपुस्तिका