शनिबार, आश्विन १७ गते २०८३

काठमाण्डौ महानगरले  पार्किङ हटाएपछि न्यूरोडका व्यवसायी सडकमा उत्रिए

माघ ९, २०८० मंगलबार
काठमाण्डौ महानगरले  पार्किङ हटाएपछि न्यूरोडका व्यवसायी सडकमा उत्रिए

काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यापारीले बिरोध गरेका छन् । न्यूरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर बिरोध जनाएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्यूरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए । व्यापार व्यवसायमा मन्दी भएको बेला पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम गरिएको उनको गुनासो छ । 

काठमाडौँ महानगरपालिकाले भने आज बिहानदेखि न्यूरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्यूरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।

न्यूरोड जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर ९साबिक पुरानो बसपार्क० मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौँ’, उनले भने । पुरानो बसपार्क क्षेत्रमा तीन सयवटा चारपाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ।