लेनिनलाई सही किसिमले नबुझिदा,उनका सही शिक्षाको आधारभूत सारतत्वलाई ग्रहण नगरिदा र त्यसको सही किमिले अनुपालन नगरिदा कम्युनिष्ट आन्दोलनलें धक्का खाएको र यसमा बिचलन आएको नेपाल कम्युनिष्ट पार्टीले सारांश निकालेको छ । लेनिनको शताब्दी स्मृति दिवसको सन्दर्भमा आयोजित छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो साझा निष्कर्श निकालेका हुन् ।
बिश्वमा मानब समाजलाई बर्गीय शोषण सामाजिक उत्पीडनबाट मुक्त गर्ने कार्ल मार्क्सले पहिलो पटक अघिसारेको अपूर्ब बैज्ञानिक सामाजिक दर्शन, दृष्टिकोण, बिचार र सिद्धानतालाई लेनिनले सही किसिमले बुझेर त्यसको रचनात्मक किसिमले सही परिप्रेक्षमा कार्यान्वयन गरे । त्यसको परिणति हो सन् १९१७ मा लेनिनको नेतृत्वमा सम्पन्न सर्बहारा बर्गको क्रान्ति र त्यसले बिश्वमा पहिलो पटक स्थापनागरेको समाजबाद । त्यस क्रान्तिले शोषणयुक्त समालाई शोषणमुक्त समाजमा परिणत गरिदियो । त्यसै क्रान्तिको क्रममा लेनिनले कम्युनिष्ट आन्दोलनमा गहनतमरुपमा मार्क्सले अघि सारेका बिचारलाई बद्लिदो बिश्व परिप्रेक्षमा बिकसित गर्दा साम्राज्यबादको कमजोर बिन्दूलाई बुझेर मार्क्सबादलाई पक्रन र लागु गर्न सक्दा एउटै देशमा पनि समाजबादको बिकास हुन सक्छ भन्ने कुरा प्रमाणित गरेर देखाएका हुन् र मार्क्सबादलाई अझ उन्नत तुल्याएका हुन् ।यसरी लेनिनबाद बिकसित भएको र त्यस कुरालाई बिश्व भरका कम्युनिष्टहरुले महसुस गरेपछि बिश्वको आमूल परिबर्तनको सिद्धान्त मार्क्सबाद लेनिनबाद बन्नपुगेको कुरा बक्ताहरुले औल्याएका थिए ।

त्यही मार्क्सबादी लेनिनबादी सिद्धान्त र सफल रुसी समाजबादी क्रान्तिको प्रेरणा र शिक्षाबाट अनुप्राणित र अभिप्रेरित भएर बिसान बाहुल्य तथा सामन्तबाद र साम्राज्यबादबाट आक्रान्त चीनको भिन्न परिप्रेक्षमा रुसकोभन्दा फरक ढंगले मार्क्सबाद लेनिनबादको आधारमा कमरेड माओको नेतृत्वमा चिनीयाँ नयाँ जनबादी क्रान्ति सम्पन्न भएको र त्यसै सन्दर्भमा माओ बिचारधारा बिकसित भएको पनि छलफलमा उल्लेख गरिएको थियो ।
बिश्वलाई अभूतपूर्बरुपमा प्रभाव पार्ने र श्रमजीवी जनतामा उत्साह र ऊर्जा पैदा गर्ने महान अक्टोबर समाजबादी क्रान्ति र चिनीयाँ नयाँ जनबादी क्रान्तिको शिक्षाबाट अनुप्राणित हुँदै नेपालमा कमरेड पुष्पलालले पनि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनबाद पस्तुत गर्नु भएको र त्यस क्रान्तिले देशलाई सामन्तबाद,भारतीय एकाधिकार पूँजीवाद तथा एंग्लो–अमेरिकी साम्राज्यबादबाट मुक्त गरेर समाजबादमा संक्रमण हुने आधार तयार गर्ने प्रष्ट धारण अघि सार्नु भएको र आज पनि नेपाल र नेपाली श्रमजीवी जनता यिनै समस्यासँग जुध्नु परिरहेको यथार्थ औल्याइएको थियो र आज पनि नेपालका साम्राज्यबाद र प्रतिगमन बिरोधी सच्चा कम्युनिष्ट, क्रान्तिकारी बामपन्थी र सच्चा लोकतान्त्रिक शक्ति यही बिचारको वरिपरी गोलबन्द हुनुको कुनै बिकल्प नरहेको कुरा पुनः आत्मसात गरिएको थियो ।
लेनिनको शदाब्दी स्मृति दिवसबप्रति समर्पित यो छलफल कार्यक्रकाे आरम्भमा कम्युनिष्ट झण्डा उच्च उठाउदै लेनिनप्रति सम्मान प्रकट गरिएको थियो । छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी, उपाध्यक्ष भिमप्रसाद सेढाई,कोषाध्यक्ष सीता सुबेदी,सचिवालय सदस्यहरु भूमि ढुंगाना, बद्री अधिकारी र नरेश अमात्य केन्द्रीय सदस्य शुकदेब चौधरी र परिषद सदस्य तोया अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
नेपालपत्र संवाददाता