आइतबार, कार्तिक ९ गते २०८३

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन 


माघ ५, २०८० शुक्रबार
धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन 


नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन  भएको  छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको  हो ।

समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् । तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्ष विहीन छ ।