आइतबार, कार्तिक ९ गते २०८३

माछापुच्छ्रे बैंकको नाफामा गिरावट, गत बर्षको तुलनामा २१ प्रतिशतले कमी 


माघ ५, २०८० शुक्रबार
माछापुच्छ्रे बैंकको नाफामा गिरावट, गत बर्षको तुलनामा २१ प्रतिशतले कमी 


माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।  बैंकले प्रकाशित गरेको चालु आवको ६ महिनामा बैंकको नाफा घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको  खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ ।