शनिबार, आश्विन १७ गते २०८३

“एनआईबिएल स्टेवल फण्ड” विक्री आजबाट खुल्ला

माघ २, २०८० मंगलबार
“एनआईबिएल स्टेवल फण्ड” विक्री आजबाट खुल्ला


“एनआईबिएल स्टेवल फण्ड”  को सार्वजनिक निश्कासन आजबाट शुरु भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्धक तथा एनआइएमबि एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं योजना “एनआईबिएल स्टेवल फण्ड”  को सार्वजनिक निश्कासन माघ २ गतेबाट सुरु भएको हाे।

यस योजनाको आकार १ अर्ब  र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल १६.१८ प्रतिशत आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरिएको छ । 

फण्डको विक्री छिटोमा माघ ५ गते र ढिलोमा माघ १६ गते सम्म रहने जनाइएको छ । लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानी गर्न सक्नेछन् ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेको र “एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड –२ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेका छन् ।