“सबल बैंक, सफल सहकार्य” नारासहित २९ वर्षदेखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधाणसभाले आर्थिक बर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७९\८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी पारित भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७९\८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले चालु आव २०८०\८१ को लागि बैंकको लेखापरिक्षण गर्न जेबि राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै पारिश्रमिक अनुमोदन गरेको छ । सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उपाध्यायले शेयरधनीबाट प्राप्त सुझावलाई शिरोधार्य गर्ने बताए । उनले बैंकको उद्देश्य पूर्तिका लागि जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न आफु तयार रहेको जानकारी दिए ।
नेपालपत्र संवाददाता