शनिबार, कार्तिक ८ गते २०८३

शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित


पौष २८, २०८० शनिबार
शिवम् सिमेन्टको १५ प्रतिशत लाभांश पारित


 शिवम् सिमेन्टको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश सभाले पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९\०८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव पारित गरेको हो । 

१५ प्रतिशतमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.७५ प्रतिशत नगद लाभांश रहेको थियो । सभाले उक्त लाभांश पारित गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ पुगेको छ ।