आइतबार, आश्विन १८ गते २०८३

एमडिएमएस, टेरामक्स लगायतका प्रकरणमा भ्रष्टाचार भएको अभियन्ताहरुको दाबी


पौष २५, २०८० बुधबार
एमडिएमएस, टेरामक्स लगायतका प्रकरणमा   भ्रष्टाचार भएको अभियन्ताहरुको दाबी


डाक्टर निकोलस भुसालले सेक्युरेटी प्रिन्टिङ–प्रेस, मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेरामक्समा व्यापक घोटला भएको सनसनीपूर्ण टिप्पणी गरेका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी गरे । टेरामक्स खरिद–पक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत् रहेको  र आवश्यक प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएको आवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसलाई रोक्न चाहिरहेको उनले बताए । ‘टेरामक्स जोडिनेवित्तिकै कलको मोनिटर हुनेभयो । सबै कुरा मोनिटर हुने भएर यसलाई चल्न दिइएको छैन । टेरामक्सको मेसिन आइसकेको छ,’–उनले भने । 

सेक्युरेटी–प्रिन्टिङ प्रेसका लागिसमेत ४ अर्ब बुझाइ सकिएको उनले बताए ।  प्रिन्टिङ प्रेस नेपालमा ल्याएर राखिएको र काम चाहीँ विदेशका अन्य कम्पनीलाई दिइराखिएको उनले बताए । सेक्युरेटी प्रिन्टिङ प्रेस र एमडिएमएसमा जनताको पैसा व्यापक दुरूपयोग भएको उनको दाबी छ । ईन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरेटी–प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएस आवश्यक रहेको उनले बताए । प्राइभेसीका हिसाबले सेक्युरेटी–प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनले बताए ।

एमडिएमएसमार्फत फोनहरुलाई कन्ट्रोलन नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स टेलिकम्युनिकेशनका लागि एकदमै आवश्यक रहेको बताए । पारदर्शिता, राजश्व र कल डिटिएल, नेटवर्किङ मनिटरिङ लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको बताए । युवा वैज्ञानिक कपिल पौडेल, अभियन्ता एस.के. तिमिल्सिना, डा.सागर ढकाललगायतले सेक्युरेटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएसको आवश्यकत्ताबारे प्रष्ट पारेका थिए ।