शनिबार, आश्विन १७ गते २०८३

सनराइज र लक्ष्मी गाभिइ एलएस क्यापिटलको नामबाट कारोबार शुरु

पौष २४, २०८० मंगलबार
सनराइज र लक्ष्मी गाभिइ एलएस क्यापिटलको नामबाट कारोबार शुरु

 

सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. एक आपसमा गाभिई आजको मितिबाट एलएस क्यापिटलको नाममा मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुरु भएको छ ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबार बाट एकीकृत कारोबार शुरु गरेको हो ।  

कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।

नेपालको पुँजी वजारमा ३ दशक लामो ऐतिहासिक सफलता बोकेको मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभुति व्यवस्थापन गरिसकेको कम्पनीको रुपमा परिचय बनाउन सफल भएको छ।