शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष ढुङ्गानाले गरे पदबहाली

पौष २०, २०८० शुक्रबार
राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष ढुङ्गानाले गरे पदबहाली

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल पदबहाली गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम बिहीबार ढुंगानाले सपथ थिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । दिलीपकुमार ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । उहाँले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गनुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनमा जोड दिई नेपाल सरकार तथा राष्ट्र बैंकको नीति निर्देशनलाई अंगिकार गर्दै ग्राहकमुखी व्यवसाय बृद्धिमा बैंक लाग्नुपर्ने बताए । बैंकका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बैंकिङ्ग क्षेत्रमा आफ्नो लामो अनुभवको भएको बताउँदै सदैव बैंकको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।