– सीताराम थापा*
गण्डकी प्रदेस बागलुङको गल्कोटमा हिमालियन म्युजिकल ईभेन्ट मेनेज्मेन्ट प्रालिको आयोजनामा बुकि कप २०८० राष्ट्रिय खुल्ला भलिबल प्रतियोगितामा सम्पन्न भएको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लब बुकी कप २०८० भलिबल प्रतियोगिताको च्याम्पीयन बनेर उपाधि हात पारेको छ।
निकै कडा प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको बुकिकपको राष्ट्रिय भलिबल फाईनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लवलाई ३–२ को सेटले पराजित गदैं उपाधी बिजेता हात पार्न सफल भएको थियो।त्रिभुवन आर्मीले पुलिस क्लबलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरले पराजित गरेका हो। बिभागिय क्लव नेपाल पुलिस क्लवले दोस्रो र तेस्रो सेटमा २५–२२, २५–२१ को को अन्तरले पराजित गरेपनि अन्तिम सेटमा जित निकाल्न नसक्दा प्रतिष्पर्धातणमक उपविजेता बन्न पुगेको छ।

प्रतियोगितामा च्याम्पीयन बन्दै त्रिचुवन आर्मीले नगद रु. ५ लाख रुपैया सहितको भारी पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
उपबिजेता बनेको नेपाल पुलिस क्लवले नगद रु. २ लाख ५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गर्न सफल भएको छ । यसै गरि प्रतियोगितामा तृतिय भएको सशस्त्र प्रहरी बलले नगद रु. १ लाख २५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
भलिबलले प्रख्यात बागलुङको गल्कोटको बुकि क्षेत्रमा बुकि कप सहित भब्य रुपमा मेला तथा स्थानिय राष्ट्रिय स्तरको गित सांगितिक प्रश्तुत प्रतियनेगिता गरी बुकि कप भलिबल नेपाल राष्ट्रिय खेल तथा म्युजिक कार्यक्रम ९ दिनमा सम्पनन भएको हो।

*थापा नेपालपत्रका बिशेष सम्बाददाता
सीताराम थापा