नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीलाई २–२ लाख रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले नगद जरिवाना सहित आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई कारबाही गरेको हो।
स्थलगत निरिक्षणका क्रममा भेटिएको कैफियतको आधारमा प्राधिकरणले यी तीन कम्पनीलाई २ लाख रुपैयाँ नगद जरिवाना तिराइएको हो ।
प्राधिकरणले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, सम्पति शुद्धीकरणमा ध्यान नदिएको, दावी भुक्तानीमा बीमितलाई दु:ख दिएको जस्ता कैफियत भेटिएको थियो । त्यसबारे प्राधिकरणबाट पछि उक्त बिषयमा जवाफ सोध्दा उचित उत्तर नआएको भन्दै प्राधिकरणले यी तीन कम्पनीलाई रु २ लाख रुपैयाँ नगद जरिवाना तिराएको हो ।