मध्य जापानमा सोमबार ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार ४ बजेर १० मिनटमा गएकाे भुकम्पका कारण सुनामीको खतरा रहेका भन्दै अधिकारीहरुले समुद्री तटहरु खाली गर्न खाली गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एक मिटर देखि ५ मिटर अग्लो सुनामीले जापानको समुन्द्रको किनारमा ठूला लहरहरू आउन सक्ने त्यहाँको मौसम विभागले अनुमान गरेको छ । जापानको मौसम विज्ञान एजेन्सीले इशिकावा, निगाटा र तोयामाको तटीय प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। होक्काइडोदेखि नागासाकीसम्मको समुन्द्री तटमा ३ मिटरसम्मको सुनामीको चेतावनी जारी गरिएको छ। जापानी पश्चिमी तटमा सुनामी लहरहरु प्रवेश गरिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपालपत्र संवाददाता