शुक्रबार, कार्तिक ७ गते २०८३

ल्होसारः एक महत्वपूर्ण पर्ब


पौष १५, २०८० आइतबार
ल्होसारः एक महत्वपूर्ण पर्ब

नेपालको  गुरुङ, तामाङ ,र शेर्पा जातिको मूख्य पर्वको रुपमा ल्होसार  पर्व परम्परादेखि मनाईउदै आएको छ । आफ्नै जाति सँंस्कृति अनुिसार मनाउदै आएको पर्वले खासगरी जनजातिहरुको  भाषा, भेषभूष र खानपिन समेत बनाई धर्म सँंस्कृतिको जगेर्ना गरेको छ।

परम्परादेखि मनाउदै आएको 'ल्होसार' नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएदेखि प्रदेस र हाल देसै भर समेत सरकारी सार्वजनिक महत्वको बिदा दियर धर्म निरपेक्षता र जातिय अधिकारलाई संरक्षण प्रदान गरेको छ।

गणतन्त्र आएपछिको नेपालको संविधानमा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रिय एकताको रुपमा अघि सार्ने प्रयास गरिएको बुझ्न सकिन्छ । संबैधानिक मर्म र भावना अनुरुप नै ल्होसारहरु लाई राष्ट्रिय चाडको रुपमा बिदा नै दिएर मनाउन थालेको हो।


ल्होसार पर्वलाई बुझ्दा ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ तामाङ र सेर्पा जातिले ‘ल्होसार’ लाई मुख्य चाडको रुपमा मनाउदै आएको हो।

गुरुङहरु समुदायले तमु ल्होसारलाई नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँदै आएका छन भने सेर्पा र तामाङले माघ र फागुनमा ल्होसारकै रुपमा यो चाड  मनाउने परम्परा रहदै आएको छ।

गुरूङ समुदायले भने पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुष १५ गते आइतबार ‘तमु ल्होसार’ पर्व भब्य रुपमा मनाउँदैछन्। यसै समयमा अन्तराष्ट्रिय नया बर्ष पनि पर्ने भएको र संगै मनाउने हुदा यस्को महत्वलाई लियर जातिय एकताको मिलन बनाउन यस्ले मद्वत गरेको विश्लेषण गर्न सकिन्छ।
नया बर्षको अवसरमा विभिन्न मेला संगै तमु ल्होसार समेतमा अरु जातिको समेत सहभागिता हुन्छ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुष १५ मा यस पर्वलाई मनाउने गरिएको हो।

पुष १५ गते सबै भन्दा लामो रात हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। आज रातभर जाग्राम बस्ने पिँडालु, तरुल रोटी लगायत परिकार बनाई खाने गाउने नाच्ने पुजा गर्ने संस्कृति रहदै आएकोले जातिय अधिकार र संस्कृतिक संरक्षणको हक स्थापित गर्न यसले पुगेको छ।

 थापा लेखक तथा अभियान्ता हुन।