बुधबार, भाद्र ३ गते २०८३

रोजगारीमा जान आन्दोलित दुइ यूवाको मृत्यु,सर्बत्र बिरोध

पौष १४, २०८० शनिबार
रोजगारीमा जान आन्दोलित दुइ यूवाको मृत्यु,सर्बत्र बिरोध

बैदेशिक रोजगारीमा कोरिया जान रोजगार अनुमति प्रणाली अन्तरगत परीक्षाको तयारीमा रहेका र निर्माण क्षेत्रकाले उत्पादन क्षेत्रमा पनि परीक्षा दिएर जान पाउनु पर्ने मागका साथ आन्दोलनमा उत्रिएका निहत्था यूवा आन्दोलनकारीमाथि प्रहरीले निर्मम लाठी प्रहार र गोली बर्षा गर्दा हिजो इपिए कार्यालय रहेको बालकुमारी क्षेत्रमा दैलेखका सुजन राउत र डोटीका बिरेन्द्र शाहाको मृत्यु भएको छ । गरीबी र बेरोजगारीले आक्रान्त यूवाहरु बिदेश जाने प्रकृया सहज र सरल बनाउन माग गर्दा पनि गोली खाएर मर्नु पर्ने गम्भीर स्थितिले देश नाजुक स्थितिबाबट गुज्रिरहेको प्रष्ट छ ।

यसले अबस्था र ब्यवस्था दुबै खराब भएको र राज्य सञ्चालकहरुले दमनकै सहारामाा समस्यालाई दबाउन खोजेर यसको समाधान नहुने देखिदै आएको छ । यस घटनाको बिरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीले एक बक्तब्य प्रकाशित गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली तथा पीडित परिबारप्रति समबेदना प्रकट गर्नुका साथै दोषीमाथि कडा कारबाही गर्न र पीडित परिबारलाई यथेष्ठ राहत तथा भरपोषणको लागि राज्यले जिम्मा लिनु पर्ने जोडदार माग पनि गरेको छ ।

Photoyubahatay.jpg
त्यसरी नै नेकपा(मशाल) र जन प्रतिरोध आन्दोलन लगायतका संगठनहरुले पनि यस दमनकारी काण्डको बिरोध गरेका छन् र मृतकहरूप्रति श्रद्धाञ्ली दिदै दाेषीमाथि कडा कारबाही, मृतक परिवारका लाग क्षतिपूर्ति र घाइतेहरूकाे उपचारकाे माग गरेका छन् ।