आइतबार, कार्तिक ९ गते २०८३

गभर्नर अधिकारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी


पौष १३, २०८० शुक्रबार
गभर्नर अधिकारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातकमात्रै रहेको भन्दै नियुक्ति बदरको मागसहित बिहीबार रिट दर्ता गराएका थिए । 

सोही रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।