शुक्रबार, कार्तिक ७ गते २०८३

नबिल बैंकको ३९ औं साधारण सभाले ११ प्रतिशत लाभांश पारित

पौष १३, २०८० शुक्रबार
नबिल बैंकको ३९ औं साधारण सभाले ११ प्रतिशत लाभांश पारित

नबिल बैंकको ३९ औं साधारण सभाले ११ प्रतिशत लाभांश पारित भएको छ ।  सञ्चालक समितिले २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  बैंक आव २०७९/८० मा ६ अर्ब ४० करोड नाफा गर्न गरेको थियो । 

नबिलले वित्तीय क्षेत्रमा करिब चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै  डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ । ‘क’ वर्गका बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिएको बैंकका अध्यक्ष पौड्यालले बताए । 

नबिलले देशभरका २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता