टेरामक्स खरिदमा भ्रष्टाचार भएको संसदीय समितिले ठहर गर्दै शीघ्र अनुसन्धान सक्न अख्तियारलाई निर्देशन दिएको छ । मुख्य सचिव वैकुण्ठ अर्याल र तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्की जोडिएको उक्त खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक उक्त निर्देशन दिएको हो।
दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक छानबिन शीघ्र सक्नुपर्ने निष्कर्ष समितिले निकालेको हो ।
टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको समितिले उल्लेख गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धानल आयोगले गर्ने उक्त टेरामक्स खरिदमा भएको छानबिनको सम्बन्धमा हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनिएको छ ।
नेपालपत्र संवाददाता