शुक्रबार, कार्तिक ७ गते २०८३

यी विकास बैंकले लाभांश दिने 

पौष १०, २०८० मंगलबार
यी विकास बैंकले लाभांश दिने 

 गत आर्थिक वर्षको नाफाबाट ७ विकास बैंकले लाभांश वितरण गर्ने भएका छन् । गत आर्थिक बर्ष २०७९र०८० को मुनाफाबाट ती  विकास बैंकले मात्र लाभांश घोषणा गर्ने भएक हुन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत १५ वटा विकास बैंक  ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।

यी मध्ये ३ बैंकको बुक क्लोज र साधारण सभा सम्पन्न भइसकेको छ । ४ बैंकको भने बुक क्लोज र साधारण सभा हुन बाँकी छ । यी मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले  गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ११.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत, मितेरी र गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिंदैछन् । अरु ३ बैंकको लाभांश १० प्रतिशत भन्दा कम छ ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता