शनिबार, आश्विन १७ गते २०८३

मौद्रिक नीतिमा गरेको सुधारका कारण ब्याजदर घटेको प्रधानमन्त्री प्रचण्डको दावी 


पौष १०, २०८० मंगलबार
मौद्रिक नीतिमा गरेको सुधारका कारण ब्याजदर घटेको प्रधानमन्त्री प्रचण्डको दावी 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घट्ने बताएका छन् । उनले  आज सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको आधार ब्याजदर घटेर एकल अंकमा आएको र बैंक कर्जाको ब्याजदर पनि घटेको उल्लेख गरे ।

‘ब्याजदर घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ,’ उनले भने, ‘पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएको छ । तर, अपेक्षित सुधार नहुँदा चिन्तित छौं र सुधारका लागि गम्भीर गृहकार्यमा छौं ।’