लघुवित्त बैंकर्स संघको १७औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न साधारण सभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी संघको उपाध्यक्षमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका रामहरि दाहाल, महासचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्जय कुमार मण्डल, कोषाध्यक्षमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका विनोद आचार्य र सचिवमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका गंगाधर पाण्डे निर्वाचित भएका छन् ।
त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका बद्री प्रसाद दुलाल, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका श्याम कुमार कटुवाल, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी शारदा कुमारी खत्री, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका सुरेश बहादुर बम, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका शोगत बिर चौधरी र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शिव प्रसाद ज्ञवाली सदस्यमा निर्वाचित भएका छन् ।