शुक्रबार, कार्तिक ७ गते २०८३

जिसस क्राइस्ट नै पहिलो अराजकतावादीका रुपमा उल्लेख हुन्छन्, यस अर्थमा कि उनले बदमासीलाई प्रतिरोध नगर भने . . . : लाईमान आब्बट


पौष ९, २०८० सोमबार
जिसस क्राइस्ट नै पहिलो अराजकतावादीका रुपमा उल्लेख हुन्छन्, यस अर्थमा कि उनले बदमासीलाई प्रतिरोध नगर भने . . . : लाईमान आब्बट
लाईमान आब्बट (१८३५–१९२२) इसाई सत्संग प्रबन्धका मिनिस्टर एवं सामाजिक सुसमाचार आन्दोलनका मूख्य प्रतिपादक, विद्वान थिए । अमेरिकी उदार क्रिश्टियानिटीको एउटा रुप इभान्जेलिकल प्रोटेस्टेन्टवादको दृष्टिकोण विकासमा उनले धेरै काम गरे । विभिन्न पुस्तक लेखे ।
 
उनले धर्मशास्त्रको अध्ययन गर्नकै लागि कानुन ब्यवसायलाई तिलान्जली दिए र त्यसैमा डुबेर लागे । दुई पास्टरमा सेवा गरेपछि उनी ‘हार्पर’ पत्रिकाका सहयोगी सम्पादक र १८७० मा इल्लस्ट्रेटेड क्रिश्चियन वीकलीका सम्पादक बने । उन्नाइसौँ शताब्दीको अन्त्यतिर अमेरिकामा औद्योगिक क्रान्तिसँग सम्बन्धित सामाजिक समस्याबारे पनि उनले दिलचस्पी लिए । धर्मशास्त्रका यिनी निकै ठूला विचारक हुन् ।
 
उनको उपरोक्त भनाईको पूर्णता ‘द आउटलूक’ नामक पत्रिकाको १९०२ फेब्रुअरी, अंक ७० मा “अराजकताको कारण र निवारण” (The Cause and Cure of Anarchism) शीर्षकको आलेखमा छ, जसमा भनिएको छ, “जिसस क्राइस्ट नै पहिलो अराजकतावादीका रुपमा उद्धृत गरिन्छ, यस अर्थमा कि उनले भने “बदमासीलाई प्रतिरोध नगर, यदि तिम्रो कोट खोस्यो भने उसलाई लबेदा (cloak) पनि देऊ, एउटा गालामा चड्कन लगायो भने अर्को गाला पनि थापिदेऊ ?” के हो यो, हामीलाई सोध्ने गरिन्छ, परन्तु कसैको सबभन्दा सामान्य र नैसर्गिक अधिकारहरूको रक्षामा बल प्रयोग गर्ने अधिकारमा समेत इन्कारी ?”
 
(Jesus Christ is cited as the first of anarchists; for did he not say, "Resist not evil: if one take away thy coat, give him thy cloak also; and if one smite thee upon the one cheek, turn to him the other also?" What is this, we are asked, but a denial of the right to use force even in defense of one's simplest and plainest rights?)
 
साभार : गौतमजीको मुहारपुस्तिका