बुधबार, भाद्र ३ गते २०८३

खेलकुद बीमालेख जारी, खेलमा जाेखिमका तीन तह


पौष ८, २०८० आइतबार
खेलकुद बीमालेख जारी, खेलमा जाेखिमका तीन तह

 

राष्ट्रिय खेलकुद परिषद्को पहलमा खेलकुद बीमालेख जारी भएको छ । विश्वका धेरै राष्ट्रमा खेलाडीहरूको मनोबल बढाउन खेलकुद बीमाको प्रचलन भएपनि नेपालमा भने हाल मात्र यो शुरु भएको हो । 

खेलकूद परिषदले पत्रकार सम्मेलन आयोजना गर्दै  खेलकुद बीमालेख जारी भएको जनाएको हो । घोषणा कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका लागि नयाँ अध्याय शुरु भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले विश्वास व्यक्त गरे । यस बीमालेखले खेलाडीहरूमा आत्माविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने धारणा उनले राखे । 

बीमालेखको खेलहरूको वर्गीकरण मुख्य तीन प्रकारमा गरेको छ। पहिलो न्युन जोखिम ९टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडी विल्डिङ, स्क्वास, सामान्य जोखिम रहेका छन् । 

दोश्रोमा सामान्य जोखिम रहेका ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्यास्टिक, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती र साईक्लिङ रहेका छन् । 

तेस्रो जोखिमयुक्त खेलहरुमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्स, र्याफ्टिङ एन्ड क्यानोई, क्वालाइविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउन्टेन रनिङ, आइस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्बी, प्याराग्लाइडिङ र फुटबल रहेका छन् ।

दुर्घटनाका कारण तत्काल वा १८३ दिनभित्र निधन भएमा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा पनि बीमालेखअन्तर्गत समावेश हुनेछन् । घटना भएको ३० दिनभित्र जानकारी गराउने पर्ने बीमालेखमा उल्लेख रहेको जनाइएको छ । बीमा प्राधिकरणले गत मंसीर १३ गते खेलकूद बीमालेख स्वीकृत गरेकाे थियाे ।