महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ६.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउनेछन्।
बैैंकले यस अघि लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।