सरकारले उखुको समर्थन मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ तोकेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले तोकेको मूल्यमध्ये ५६५ रुपैयाँ उद्योग र ७० रुपैयाँ सरकारले अनुदानका रुपमा किसानलाई उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। समय -समयममा किसानहरुले उखुको समर्थन मूल्य तोक्न र उद्योगीहरुले रकम भुक्तानी नगेरेको भन्दै आन्दोलन गर्ने गरेका छन् ।
नेपालपत्र संवाददाता