आइतबार, आश्विन १८ गते २०८३

चीनमा गयाे ६ म्याग्निच्यूडकाे भूकम्प, १०० जनाभन्दा बढीकाे मृत्यु


पौष ३, २०८० मंगलबार
चीनमा गयाे ६ म्याग्निच्यूडकाे भूकम्प, १०० जनाभन्दा बढीकाे मृत्यु

काठमाडौ। आज चीनको उत्तरपश्चिमी गान्सु  र छिङहाइ प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएकाे र त्यसमा परेर १०० जनाभन्दा बढीको मृत्यु र २०० बढी घाइते भएको चीनी समाचार माध्यम सिन्हाले जनाएको छ ।

चीनका राष्ट्रपति शी जिनपिङ्गले सम्पूर्णरूपमा उद्धार राहतमा लाग्न सबैमा अपिल गरेका छन् । 

सिन्ह्वाका अनुसार गान्सुको जिशिशान काउन्टीमा गएको शक्तिशाली भूकम्पका कारण गान्सुमा १०० र छिन्घाइमा ११ जनाकाे मृत्यु भएकाे छ भने  १२४ जनाभन्दा बढी घाइते भएका छन् ।

गएकाे सोमबार राति ११ बजेर ५९ मिनेटमा १० किलोमिटर गहिराइमा भूकम्प गएको युएसजीएसले जनाएको छ । प्रारम्भिक रूपमा ६ म्याग्निच्युडको भूकम्प गएको देखाइएको छ ।

भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको  समाचारमा उल्लेख  छ।

उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको समाचारमा जनाइएकाे छ।