चालु आर्थिक वर्ष को कार्तिक मसान्तसम्म विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।
कात्तिक महिनाभर मात्र १ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । असोज महिनामा खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुन: श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।
नेपालपत्र संवाददाता