आइतबार, कार्तिक ९ गते २०८३

साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा


मंसिर २४, २०८० आइतबार
साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा


साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले  गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।   लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाई गरेको छ । वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले गरेको छ ।