बर्माकी प्रजातन्त्रवादी नेता तथा राज्यकी प्रमुख आङ् साँ सुकी (१९४५–) ले बि.सं. २०७१ मा नेपालको तीनदिने भ्रमण गरिन् । संविधानसभाको अनौपचारिक भेला र बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको सभालाई संवोधन गरिन् । सो बेला उनले दिएका भाषणमा प्रजातन्त्र फस्टाउनका लागि दुईटा कुरा– १) देशको सेना पूर्ण ब्यावसायिक हुनुपर्छ र २) पार्टीहरूमा संवाद र सम्झौता हुनुपर्छ भन्ने तर्क राखिन् । माथि उद्धृत वाणी नेपाल भ्रमणताकाको हो ।
सूकीले आफ्नो पुस्तकद्वारा नेपाललाई विश्व समुदायमा चिनाउन ठूलो योगदान गरेकी छन् । यिनले जेल जीवनमै नोबेल शान्ति पुरस्कार (१९९१) र अन्य धेरै अन्तर्राष्ट्रिय पुरस्कार पाइन् । जेलमा बस्नेले नोबेल पुरस्कार पाएको यो पहिलो रेकर्ड हो । १९९९ मा पति डा. माइकाल एरिसको बेलायतमा पोस्ट्रेट क्यान्सरले निधन हुने अवस्था आएको थियो, तर सूकीले पतिको अन्तिम दर्शन गर्न पाइनन् । १९८८ देखि लोकतन्त्र स्थापना र बर्मेली जनताको स्वतन्त्रताका लागि संघर्ष गर्दै १७ बर्ष घरमै नजरबन्द जीवन बिताइन् ।
म्यान्मारको सेनाले सत्ताबाट सन् २०२१ मा अपदस्थ गरिएकी आङ् सान सूकीको १९ वटा अभियोग मध्ये यसै वर्ष (२०२३ मा) ५ वटा सजाय माफ गरेर जेलबाट नजरबन्दमा राखेको छ। उनलाई जम्मा ३३ बर्षको जेल सजाय दिइएकोमा हाल ६ वर्षको सजाय माफी भएको हो । पूर्व राष्ट्रपति विन मिन्टलाई दिइएको १२ वर्षको कैद सजाय मध्ये २ वर्ष कम गरिएको छ। अन्य सात हजार आठ सयलाई पनि आममाफी दिएको छ।
उनको विवाह ब्रिटिश नागरिक माइकल एरिससँग सन् १९७१ मा भएको थियो । माइकल पश्चिमी मुलुकहरूमा हिमालय क्षेत्र, भूटान र तिब्बतलाई विषयवस्तु बनाएर कलम चलाउने चर्चित लेखकको रुपमा परिचित थिए । उनका दुुईवटा छोरा एलेक्जेण्डर र किम छन् । उनको पार्टी ‘नेशनल लिग फर डेमोक्रेसी’ नेपालमा नेपाली कांग्रेसजस्तै प्रजातान्त्रिक आन्दोलनको संवाहक शक्तिका रुपमा परिचित छ ।
यिनकी आमा सन् १९६० मा भारतको आवासीय र नेपालको पनि राजदूत भएर रहँदा नेपाल आएको बेला पटकपटक नेपाल भ्रमण गरिसकेकी सूकी पनि आमासँगै थिइन् । काठमाडौँको कीर्तिपुरमा उनी धेरै वर्ष बसिन् र काठमाडौंका बौद्ध विहार तथा गुम्बा गईन् । उनी र उनको परिवार नेपालको सास्कृतिक, भौगोलिक र सामाजिक परिवेशसँग परिचित छन् । ७५ को उमेरतिर पुगेकी उनी पाको उमेर नदेखिनुको एउटा कारण उनले गर्ने बुद्धिस्ट ध्यान र योग पनि हो कि !
साभार : गौतमजीको मुहारपुस्तिका
चन्द्रमणि गाैतम