आइतबार, आश्विन १८ गते २०८३

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा निरौला

मंसिर २०, २०८० बुधबार
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा निरौला

 

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा बलराम निरौला पदस्थापन भएका छन् । यस अघि बागमती प्रदेश नीति तथा योजना आयोगका सचिव रहेका निरौला आजबाट उक्त मन्त्रालयको सचिवमा पदस्थापन भएका हुन् ।

त्यस अघि निरौलाले बागमती प्रदेश उद्योग पर्यटन तथा सहकारी मन्त्रालयको सचिव रहेर सहकारी क्षेत्रको सुधारको लागि विभिन्न प्रयास गरेका थिए । उनी सहकारी मन्त्रालयमा सचिव रहेको समयमा बागमती प्रदेश सहकारी संघसंघ संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण मापदण्ड २०७९ सार्वजनिक गरी राज्य र अभियानको तर्फबाट संयुक्त रुपमा सहकारीको अनुगमन शुरु भएको थियो । त्यस बेला बागमती प्रदेशमा रहेका ९ ठूला सहकारी संस्थाको सघन अनुगमन गरी सुधारको थालनी भएपनि हाल त्यसले निरन्तरता भने पाउन सकेको छैन । 

निजामति सेवाका विभिन्न निकायमा रहेर कुशल व्यवस्थापन गरेका सचिव निरौलाले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै नयाँ कामको थालनी र सुधारका थप कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।