ब्राजिलका अवकाश प्राप्त फुटबल खेलाडी पेले (१९४०–२०२२) को वास्तविक नाम एडिसन अरान्टिस डो नेसिमेंटो हो । उनले १८ वर्ष नपुग्दै १९५७ देखि ब्यावसायिक रुपमा फुटबल खेल्न थालेका र १९७७ मा अवकाश लिएका हुन् । उनले १९५८, १९६२, १९६६ र १९७० का वर्ड कपमा जम्मा १४ म्याच खेलेर ब्राजिललाई १२ विजयी गोल दिलाए ।
आफ्नो देशमा पेलेलाई फुटबल सम्राट भनेर राष्ट्रिय हीरो को रूपमा सम्मान गरिन्छ। उनी गरिबहरूको सामाजिक स्थिति सुधार्ने नीतिहरूलाई जोडदार समर्थन गर्ने व्यक्तित्वको रूपमा पनि सुपरिचित छन् ।
पेलेले आफ्नो खेल जीवनमा १३६३ फुटबल म्याच खेलेर १२८१ गोल गरे भने ब्राजिलमा मात्र यिनले ९२ खेल खेलेकोमा ७७ गोल गर्न सफल भए । यति धेरै गोल गर्ने फूटबल खेलाडी बिरलै होलान् । उनले चार पटक फिफा वर्ल्ड कपमा ब्राजिलियन टीमको नेतृत्व गरेको कारण ब्राजिलले फिफा वर्ल्ड कपमा तीन पटक विश्व च्याम्पियन हासिल गर्यो ।

उनी भन्छन्, “राम्रो खेलाडी हुनु भनेको धेरै गोल गरेको हुनुपर्छ भन्ने हामी ठान्छौँ । राम्रो खेलाडीले आफूमात्र राम्रो खेल्ने होइन, अन्य साथीहरूलाई पनि राम्रो खेल्ने, उत्साह बनाइदिने जस्ता काम हुन्छ ।
तीनपटक केमोथेरापी दिईएका यी ८२ वर्षीय फुटबल खेलका वर्ल्ड स्टारको शरीरले थप केमो थेरापीको प्रभाव देखाउन छोडेपछि जीवनको अन्तिम उपचार (end-of-life care) गराइरहेको अवस्थामा २९ डिसेम्बर २०२२ का दिन उनको निधन भयो, जुन बेला कतारमा वर्ल्ड कप फुटबल चलिरहेको थियो। २०२१ को सेप्टेम्बरदेखि उनी साओ पाउलो (ब्राजिल) को अल्बर्ट आइन्स्टाइन अस्पतालमा पेटमा ट्युमर (क्यान्सर) को उपचार गरिरहेका थिए ।
साभार : गौतमजीको मुहारपुस्तिका
चन्द्रमणि गाैतम